हाम्रो बारेमा

मिडियासँग सम्बन्धित सम्पूर्ण कामहरू गर्दै आएको यस ‘दोलखा मिडिया प्रालि, चरिकोट, दोलाखा सञ्चार क्षेत्रमा क्रियाशील रहदै आएको छ । दोलखा जिल्लामा श्रव्य दृष्यमार्फत सञ्चार क्षेत्रमा काम गर्न स्थापित मिडिया प्रा.लि. व्यवसायिक कम्पनी हो । सञ्चारमाध्यामसँग सम्बन्धित विभिन्न क्षेत्रको टेलिभिजन कर्यक्रम उत्पादन र प्रशारण, डकुमेन्ट्री निर्माण, रेडियो कार्यक्रम उत्पादन र प्रशारण, प्रकाशन यस कम्पनीका मुख्य कार्यहरु हुन् । सूचना प्रविधिको अधिकतम उपयोग गरी आधुनिक सञ्चार माध्यमको प्रयोग गर्दै स्तरीय सेवा दिनको लागि कम्पनी स्थापना गरिएको हो । यो कम्पनी रजिष्ट्रर्डको कार्यालयमा १३०४०३/०७१/७२ मा दर्ता भएको छ । विद्युतीय र छापामाध्यमका सबैजसो क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य रहेको यस कम्पनीले नविनतम् प्रविधि र स्तरीय सेवा दिने लक्ष्य लिइएको छ ।

मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत जनकपुर अञ्चलको हिमाली जिल्ला हो, दोलखा । दोलखा सदरमुकाम चरिकोट सुन्दर पहाडी भूमि भएकाले यहाा आउनेजानेको संख्या दिनप्रतिदिनै बढ्दै गएको छ । भनिन्छ, दोलखा नेपालको स्वीट्जरल्यान्ड हो । जतिसुकै गर्मीको बेला पनि चिसो ठाउँ, यही कारण यस क्षेत्रमा चिसो वा गर्मी जुनसुकै मौसममा पनि पर्यटक आउन कमी हुन्न । रोल्वालिङ हिमशृङ्खला र तिब्बती हिमालहरु मुख्य स्रोत रहेको तामाकोसी नदी यहीबाट बग्छ । विविध प्रजातिले भरिएको घनाजंगल, जनवार, पन्छी, स्थल तथा जलचरहरुको विशेष बासस्थान पनि यहाँ छ ।

दोलखामा ४८ गाउँ विकास समिति र २ नगरपालिका छन् । सदरमुकाम चरिकोट क्षेत्रलाई केन्द्र बनाएर भीमेश्वर नगरपालिका बनाइएको छ । नगरक्षेत्र प्रवेश गर्न पूर्वमा नाम्दुको तामाकोसी नदी, पश्चिममा बोचको चरणावती (चरङ्गे) खोला, उत्तरमा सुस्पाक्षमावती र सुनखानीको दोल्ती खोला, दक्षिणमा फस्कु र मागापौवा गाविसको चरङ्गे खोला सिमाना प्रयोग गर्नुपर्छ । दोलखामा दुई निर्वाचन क्षेत्र छ । राजधानी काठमाडौंबाट जिल्लाको मुख्यालय चरिकोटसम्म आइपुग्न १३३ किलोमिटर पार गर्दै नदी किनार र पहाडी नागबेली परेको अलकत्रे सडकको यात्रा गर्नुपर्छ । भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला हुादै दोलखाको बोच गाविस छिचोलेपछि सदरमुकाम प्रवेश गरिन्छ ।

यहि ठाउँबाट यहि स्थापित भई क्रियाशिल रहनु हाम्रो मुख्य लक्ष्य हुनेछ र शुरुवात हामीले इगौरीशंकर अनलाईन पत्रिकाबाट गरेको छौँ । यहाँहरुको रायसुझावको अपेक्षा गर्दछौँ र सोहि अनुसार अघि बढ्न प्रतिबद्ध छौँ ।

 

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली