संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा एन्टोनियो गुटरेस र उनको नेपाल सम्बन्ध

gettyimages-79794976

असोज २८–संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् ।

गुटरेसको कार्यकाल १ जनवरी २०१७ देखि २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको हो । वर्तमान महासचिव बान की मुनको अवधि सन् २०१६ को अन्त्यसँगै सकिनेछ । उनले १३ प्रतिस्पर्धीलाई पछि पार्दै महासचिव बन्न सफल भएका हुन् ।

राष्ट्रसंघको सबै भन्दा बढी राजनीतिक समन्वय हुने निकायमा १० बर्ष विताएका उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत थिए । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत रहेका उनले नेपालको भ्रमण समेत गरेका थिए । उनी अध्यक्ष रहँदा उक्त सोसलिस्ट इन्टरनेसनलमा कांग्रेस सभापति शेरबहादुर देउवा उपाध्यक्ष थिए ।

भूटानी शरणार्थी समस्या समाधान गर्नका लागि उनले नेपालमा आएर सार्वजनिक मञ्चमै धारणामात्रै राखेका थिएनन्, नेपाललाई कूटनीतिक दबाब दिएका थिए । उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला सम्वन्त्री उच्चायुक्तको मुख्यालयमा प्रमुखको रुपमा रहेका थिए ।

गुटरेसले आफू चयन हुनेवित्तिकै महासभालाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिए । साथै उनले आफूले यो क्षेत्रमा काम गरिसकेको र असाहाय तथा असजतामा परेको अवस्थामा थप काम गर्ने समेत बताए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली