भारतको विहार महिला इन्जिनियरलाई जिउँदै जलाएर हत्या

8_1477347322

(एजेन्सी) कार्तिक ९ – बिहारको मुजफ्फरपुरमा एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ।

प्रहरीले घटनास्थल नजिकै रहेको एक जोडी चप्पल र कपडाबाट मृतकको पहिचान गरेको हो।

बिहारको मुजफ्फरपुर जिलास्थित अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधिन घरमा घटना भएको हो।

आइतबार अबेर राति ‍सरिता देवीलाई कुर्सीमा बाँधेर जिउँदै जलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रहरीले घटनास्थलबाट एक जोड़ी चप्पल, हड्डीका अवशेष र सुसाइड नोटसहित अन्य सामान बरामद गरेको छ।
घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा मृतककी आमा कुसुम देवीले शवको पहचान गरेकी हुन्। प्रहरीले घटनास्थललाई सिल गरेको छ।

सरिता देवीको विवाह नेपालसँग सीमा जोडिएको कन्हौली फूलकाहाँ निवासी विजय सिंह नायकसँग भएको थियो। उसका दुई छोरा र पति छन्। पति गाउँमै बस्दै आएका थिए।

भारतीय मिडियाको दाबी अनुसार सरिताको उनका श्रीमान् विजय सिंहसँगको सम्बन्ध राम्रो थिएन्। उनी अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधीन घरमा आफ्नो छोरासँगै बस्दै आएकी थिइन्। सरिताको जेठो छोरो दरभंगामा पोलिटेक्निकल अध्ययन गरिरहेका छन्।

सरिता देवी विगत तीन वर्षदेखि मुरौल प्रखण्डस्थित एक कम्पनीमा जुनियर इन्जिनियर पदमा कार्यरत थिइन्।

मिडिया रिपोर्ट अनुसार, महिलाको शरीर निकै नराम्रोसँग जलेको छ। जहाँ हड्डीहरु मात्र बचेको थियो। प्ररहीले शरीर जलाउन कुनै रसायनको प्रयोग हुनसक्ने आशंका गरेको छ।

एसएसपी विवेक कुमारका कारण घटनालाई सरसर्ती हेर्दा यो सरिताको हत्या भएको देखिन्छ।

अनुसन्धानका लागि घरलाई पूर्ण रुपमा सिल गरिएको छ भने घर मालिक विजय गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिएको जानकारी उनले दिएका छन् ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली