ब्राजिलको फुटबल टिमसहित ७२ जना चढेको विमान दुर्घटनामा

football

 मंसिर  १४ – ब्राजिलको फुटबल टोली बोकेको बिमान कोलम्बियामा दुर्घटना भएको छ । बोलिभियाबाट कोलम्बियाको मेडेलिन अन्र्तर्राष्ट्रय विमानस्थलतर्फ गइरहेको विमान दुर्घटनामा परेको हो । विमानमा ७२ जना यात्रा गरिरहेको बताइएको छ ।

अधिकारीहरूले यसबारेमा प्रतिकृया लिइरहेका छन् । एयरपोर्टले ट्विटरमा बताए अनुसार विमान बोलिभियाबाट प्रस्तान गरेको हो ।स्थानीय मिडियाले बताए अनुसार चापेकोन्से फुटबल टिमलाई लिएर उक्त विमान उडेको थियो ।

यो फुटबल टिमले कोलम्बियाको एट्लेटिको न्यासियोनियल समुहसँग बुधवार कोपा सुडामेरिकाको अन्तिम खेल खेल्न गइरहेको थियो ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली