अमेरिकाको क्यालिफोर्नीयामा भिषण आगलागी, धेरैको मृत्यु भएको अनुमान

मंसिर १९-अमेरिकाको क्यालिफोर्नीया राज्यमा भएको भिषण आगलागीमा परी दर्जनौंको मृत्यु भएको अनुमान गरिएको छ । ओकल्याण्डको एक गोदाममा गरिएको सांगितिक कार्यक्रम स्थलमा आगलागि भएको हो ।

अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो संख्या ४० सम्म पुग्न सक्ने स्थानिय अधिकारी लाई उद्धत गर्दै बिबिसीले जनाएको छ । १ सय जनाको संख्यामा युवाहरु सो स्थानमा रहेको अनुमान गरिएको छ ।

उद्धार कार्य चलिरहेको स्थानिय प्रशासनले जनाएको छ । गोदामलाई सांगीतिक स्थल बनाईएकाले सुरक्षाको भरपर्दो स्थिति नहुँदा धेरैको मृत्यु भएको क्यालिफोर्नीया प्रहरीको जनाएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली