इन्डोनेसियामा शक्तिशाली भूकम्प,कम्तिमा २६ को मृत्यु

earth2uake

मंसिर २२-इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले कयौं घर भत्किएका छन् भने ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पपछि स्थानीयहरु घर बाहिर निस्किएका छन् ।

सन् २००४ मा आचेमै गएको ९ दशमलव २ रेस्टर स्केलको भूकम्पपछि सुनामी गएको थियो । तर, अहिले भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली