दोलखाकी युवतीको शव दुईसाता देखि कतारमा अलपत्र, शव ल्याइदिन सरकासँग आफन्तको हारगुहार

death

पुष ५– कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी युवतीको शव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।
वैदेशिक रोजगारीको शिलशिलामा डेढ वर्ष अघि कतार पुगेकी लापिलाङ्ग गाविस–३ निवासि मसली थामीको २८ वर्षिया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय रुपमा कतारमा मृत्यु भएको थियो । कतारको दोहा स्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छानविन र शव स्वदेश ल्याउनेवारे सम्वन्धित निकायले कुनै पहल नगरेको मृतकका भाई गोविन्द थामीले वताए ।

‘घट्नाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपुर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभाग लगाएतका निकायमा गएपनि कुनै सुनुवाई भएको छैन, उनले भने ।’ कोठामा सँगै वस्ने दोलखा सुष्पाक्षमावती माईती घर भई सिन्धुपाल्चोक विवाह गरेकी शुसिला वुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ । आफन्तजनका अनुसार शुसिलासँग गम्भिर विवाद भएको भोलीपल्ट विन्दुलाई मृत भेटिएको हो ।

मृतकको शव दोहा स्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घट्नावारे केही छानविन गरिरहेको वताईएको छ । मृतक थामीलाई काठमााण्डौँ धापासि स्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो । उक्त कम्पनीले कतारवाट प्रहरी रिर्पोट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि वढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडी मुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिवन्ध लगाएपनि फुकुवा गरिसकेको छ ।

फोटो: मृतक विन्दु थामीको फेसवुकवाट लिईएको फोटो ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली