चिलीमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, जमिन भासिए

chile-earthquake

पुस ११ –दक्षिण अमेरिकी देश चिलीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । चिलीको दक्षिण पश्चिम क्षेत्रमा  ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू सेन्टियागोबाट २२५ किलोमिटर टाढा प्यूटो मेन्टमा थियो । भूकम्पका कारण चिलीका कयौं सडकहरु भासिएका छन् । भूकम्पपछि सूनामी आउनसक्ने भन्दै सचेत रहन चिली सरकारले सूचना जारी गरेको छ ।

भूकम्पका कारण कसैको हताहती नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । चिलीमा सन् २०१०मा पनि ८.८ रेक्टर स्केतलको भूकम्प आएको थियो । भूकम्पपछि सुनामीका कारण ५०० धेरै मानिसको ज्यान गएको थियो । बैज्ञानिकहरुका अनुसार बारम्बारका भूकम्पका कारण चिली १० फिट पश्चिम तर्फ ढल्केको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली