चम्कदै एउटी ‘दोलखाली हिरोइन’

Purnima E-gaurishankar

जतिखेर झोला बोकेर एउटी सानी केटी लुरुलुरु चरिकोटस्थित पशुपति कन्या स्कुलमा पढ्न आउँदा उनको वास्ता हुँदैनथ्यो ।
चरिकोटको अर्को गाउँ चोथाङकी त्यहिँ सानी केटी आज ठूली भएर चरिकोट आउँदा कोहीले अटोग्राफ माग्छन, कसैले ‘मुभि’की हिरोइन भन्छन त केसैले सेलिब्रेटी भन्छन् । पूर्णिमा लामा यतिखेर चरिकोटमा आफ्नो बहुचर्चित सामाजिक नेपाली चलचित्र ‘रेलिमाई’को च्यारिटि शो प्रर्दशन गर्न आएकी छिन् । गौरीशंकर बालगृह जहाँ अनाथहरु वस्छन, त्यो संस्थालाई सहयोग गर्ने उद्देश्य बोकेर आएकी उनी दोलखामा कला क्षेत्रमा केही गर्न सकिन्छ की भनेर पनि सोच्दैछिन् ।

आफ्नो गाउँको महाङ्काल प्राविमा ३ कक्षासम्म पढेर पशुपति कन्या छिरेकी उनले एसएलसी त्यहिँबाट उतीर्ण गरिन् । विद्यालयका हर अतिरिक्त कृयाकलापहरुमा भाग लिने एउटी तीक्ष्ण केटी २७ बर्षको उमेर पुग्दा १७ वटा अन्तराष्ट्रिय कार्यक्रमहरुमा विदेश यात्रा गरिसकेकी छिन् । एउटा उदाउदो सेलिब्रेटी बन्ने करियर बोकेर दोलखा आउँदा उनी स्कुले जीवन सम्झन्छिन् । ‘जतिबेला सानो थिए, घरगाउँमा वस्थे, स्कुल पढ्न आउथे, सरहरु माया गर्दै पढ्न सिकाउथे,’ उनले भनिन, ‘आज ठूली छुँ, गाउँमा सबैले एउटा कलाकार, समाजसेवी भनेर चिन्छन, यति ठूलो मान्छे भएर आएँ भनेर सबैले खुसी मान्छन ।’

को हुन पूर्णिमा ?

purnima lama 4

नेपाली चलचित्र क्षेत्रमा दोलखाका कलाकारहरु छाउने क्रम छ । दोलखामा जन्मे हुर्के । धेरैले नेपाली रंगमञ्चमा आफनो नाम सुनौला अक्षरले लेखाईसकेकाछन् । पछिल्लो समयमा चलचित्र क्षेत्रमा दोलखाका कलाकार स्थापित भईसकेका छन्, यसैबीचमा आनो संघर्षलाई निरन्तरता दिँदै छोटो समयमै नायिका पूणर््िामा लामाले चलचित्र क्षेत्रमा ठूलो फड्को मारेकी छिन् ।

दोलखामा जन्मीएकी चेली काठमाडौंलाई कर्मथलो बनाएर २ बर्षदेखि मोडलिङमा आनो भविष्य सुन्दर बनाउने उद्देश्यले चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन पूर्णीमा । उनको यो क्षेत्रमा एक सौन्र्दय विजेताको रुपमा आगमन भयो । उनले मिस एन्जल र मिस ब्युटीको ताज उछिन्न सफल भईन् ।

विद्यालयमा अध्ययन गर्दा विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिएर सिकेको ज्ञान उनले पहिलो पटक मिस एन्जलमा प्रयोग गरिन । त्यहीवाट उनको सफलताका दिन शुरु भए । उनले आफ्नो बाल्यकाल यहिँ चरिकोट चोथाङमा विताएपनि उच्च शिक्षाका लागि राजधानी पुगेपछि आफनो पेशा रोजिन कलाकारिता । काठमाडौं पुगेपछि उनको जीवनले लियो यु टर्न

काठमाडौंमा यु टर्न

उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेकी पूर्णीमाले छोटो समयमा आफनो कला रंगमञ्चमा स्थापित गराईन । ‘मेहनत गरे, छोटो समयमा रंगमञ्चमा सवैको मन जिते,‘ उनले भनिन यहि पेशावाट समाजमा केहि गर्छु । अध्ययनकै क्रममा इन्डियन आईडियल प्रशान्त तमाङले अभिनय गरेको चलचित्र परदेशीमा नायिकाको भूमिकाका लागि अफर आएको थियो ।

उक्त चलचित्रका लागि निर्देशक नारायण रायमाझीले उनलाई मुख्य भुमिकामा प्रस्ताव गरेका थिए । उनले उक्त चलचित्र स्वीकारेपनि उनलाई स्वास्थ्यले बाधा गरेपछि उक्त चलचित्र छाडनु परेको उनले बताईन । अध्ययनका क्रममा राजधानी पुगेकी उनले छोटो समयमा यो क्षेत्रमा फडको मारिन । उनले आधा दर्जन भन्दा बढि चलचित्रमा मुख्य भूमिकामा आफनो कला देखाई सकेकी छिन् । उनको पछिल्लो चलचित्र हो रेलिमाई ।

चम्कायो रेलिमाईले

purnima lama 5

परदेशी चलचित्रमा स्वास्थ्यले साथ नदिएपनि रेलिमाई चलचित्रले उनलाई नायिकाको रुपमा स्थापित गरायो । महिला हिंसाविरुद्धको भूमिकामा यस चलचित्रमा मूख्य अभिनय गरेकी पूर्णीमाको खरो उत्रिन । उनको अभिनयलेनै चलचित्रलाई दमदार बनाएको छ । उनलाई यो चलचित्रले अन्तराष्ट्रिय रुपमा समेत परिचित गराएको छ । पुर्णिमा सामाजिक क्षेत्रमा पनि उत्तीकै कृयाशिल रहेकी छन् । उनको आउँदा चलचित्र ‘नेप्टे’ मा उनी दयाहाङ राईसँग देखिनेछिन् । कलाकारिताबाट नै समाजलाई बदल्न सकिन्छ भन्ने उनको मान्यता छ । त्यसैले उनले फेथ नामक गैसरकारी संस्थाबाट विभिन्न क्षेत्रमा काम गरिरहेकी छिन् । उनले बालवालिको सहयोगका लागि आफनो जन्म थलोमा चलचित्र रेलिमाई च्यारिटी शो गर्दैछिन् । उक्त च्यारिटी शोवाट उठेको रकम उनले बालवालिकाको क्षेत्रमा खर्च हुने उनले बताईन ।

प्रेममा पूर्णिमा

purnima lama 2

जीवनको एउटा कोणमा प्रेमकथा पनि सँगै जोडेर पूर्णिमा अघि वढिन् । उनले भनिन, ‘एउटा ब्वाइफ्रेण्ड थियो । व्यस्तताले ब्रेकअप ।’ अहिले दुवैजना अ—आफ्नो करियर निर्माणमा गतिमा दौडन्छन् । दुवैले भेट्छन तर प्रेमको कुरा नै हुँदैन । उनका केहीबर्षमा बिहे गर्ने मुडमा छिन उनी । ‘बिहे त गर्नैप¥या नी’ उनले भनिन, ‘तर को आउछन जीवनसाथी हेरौ ।’

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली