दोलखाको कालिञ्चोकमा खिचिएको राधेको ‘मलाई माफ गर’ (हेर्नुस भिडीयो)

nikhil-and-priyanka-5

तस्विर अनलाईन खवर

नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक एकसाथ पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । यो चलचित्र आउँदो बर्षको वैशाख १ गतेबाट रिलिज हुँदैछ । यसै चलचित्रका लागि दोलखाको पर्यटकिय क्षेत्रमा खिचिएको रोधको गीत सार्वजनिक भएको छ । कालिञ्चोकका सुन्दर दृष्यलाई यसमा कैद गरिएको छ ।

चलचित्रमा समावेश ‘मलाई माफ गर’ बोलको गीत छायांकनपछि चर्चामा थियो । सोहि गीतको भिडियो सार्वजनिक गरिएको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको यो गीतमा अर्जुन पोखरेलको संगीत, अभिजित भट्टचार्यको स्वर छ । गीतमा कालिञ्चोकको रमणिय दृश्य देखाइएको छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

प्रियंका रोमान्टिक मुडमा देखिएकी छिन् भने निखिल उनलाई फकाउँदै छन् । लोकेसनको हिसाबले गीतको भिडियो उत्कृष्ट देखिएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली