दपर्णछाँया २ को टेलर सार्वजनिक भिडीयो

aaaa

निर्देशक तुलसी घिमिरेको पाँच वर्षपछिको कमब्याक फिल्म ‘दर्पण छायाँ २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म रिलिज हुन एक महिना बाँकी छँदा बिहिबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो।

१६ वर्षअघिको सुपरहिट फिल्म ‘दर्पण छायाँ’ को नामबाट राखिए पनि ‘दर्पण छायाँ २’ सिक्वेल भने होइन। फिल्मको कथादेखि कलाकारसम्म नयाँ लिएर तुलसी घिमिरेले यसलाई तयार पारेका हुन्। यसमा उनले नयाँ अभिनेतारअभिनेत्रीहरुलाई पर्दामा ल्याएका छन्। पुष्पल खड्का, श्रद्धा प्रसाईं र सहारा यसका मुख्य कलाकार हुन् भने सरोज खनाल, बिएस राणाजस्ता पुराना अभिनेता पनि देखिन्छन्।

प्रख्यात संगीतकारद्वय रन्जीत गजेमर र चन्दन लोमजेलले संगीत दिएको फिल्ममा तुलसी र भारती घिमिरेको जोडीले पनि अभिनय गरेको छ। तुलसी यस फिल्मका लेखकसमेत हुन्।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली