ड्रोन क्यामेरा उडाउने मलेसियन नागरिक पक्राउ

drone-flying-in-e1448332098712

चरिकोट– चरिकोटबाट चिनको सिमानासँग जोडिएको उत्तरी क्षेत्रमा ड्रोन क्यामेरा उडाउने युनिसेफसँग आवद्ध एक मलेसियन नागरिक आइतबार पक्राउ परेका छन् ।

दोलखा प्रहरीले चरिकोट स्थित पानारोमा रिर्सोटवाट ५२ बर्षिय मलेसियन नागरिक टाई रिङ थ लाई पक्राउ गरेको हो । उनको साथवाट ड्रोन क्यामेरा र अपरेटिङ ल्याप टप पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ति विदेशी नागरिकलाई पूर्व अनुमतिबिना ड्रोन क्यामेरा उडाएको अभियोग लागेको छ ।

आइतबार विहान सबेरै करिव ६ बजे सदरमुकाम चरिकोटबाट जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा ड्रोन क्यामेरा उडाईएको थियो । दोलखाको आकाशमा अवैध रुपमा ड्रोन क्यामेरा उडाईएको सूचना पाएपछि प्रहरीले उनको खोजि गरिरहेको थियो । बिशेष सुराकीका आधारमा पानारोमा रहेका टाई रिङलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

नेपाल सरकारको नियमानुसार गृह मन्त्रालयको पूर्व स्विकृति र नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर मात्रै ड्रोन उडाउन पाउने व्यवस्था रहेको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली