सार्वजनिक स्थलमा निस्कँदा महिला भएको डर बोकेर निस्कनुपर्ने

article photo..........

तारादेवी बस्नेत/चरिकोट–कुरा केहि दिन अघिको मात्रै हो । म काठमाडौँबाट चरीकोट आउँदै थिए । हामीले यात्रा गरेको बसको सिटमा धेरै पुरुष थिए । त्यहि विचमा म एक जना दिदिसँगैको सिटमा बस्न पुगे । हामीले चिन जान गर्ने क्रममा उहाँ दोलखाका कै हुनुहुँदो रहेछ ।

दिदिले मलाई आफ्नो बारेमा जानकारी गराउनु भयो । तर मैले भने आफ्नो बारेमा नाम मात्रै दिदिलाई भने । यसरी कुरा गदै जादा दिदिले मलाई विच बाटोमा आएपछि तपाई एक्लै बसमा काठमाण्डौँ देखी आउनु भएको भनु भयो । अनी मैले  किन दिदि बसमा पनि साथी चाहिन्छ । भने सोधेको मात्रै के थिए । उहाँले आँखा भरी आसु पार्नु हुदैँ भनु भयो हामी महिला कहाँ सार्र्वजनिक स्थलमा ढुक्क भएर हिडन सक्छौ त । मलाई बस हिडना पनी किन साथी चाहि भने थप जाने ईच्छा भयो अनी मैले थप कुराकानी गर्ने कोसीस गरेको मात्रै  थिए ।
तर दिदि आफैले भनु भयो मैले पनि धेरै पटक यसरी एक्लै हिडेने कोसीस गरे र गदै पनी छु ।
तर कहिले तपाई यहाँ बस्नु भन्ने बहाना त कहिले दिदि म पनी तपाई सिटमा बस्छु भन्ने  बहानामा  हिंसा भोग्ना बाध्य भई रहेको छु भोगी रहेको छु ।
बसमा यात्रा गर्दा मात्रै हैन घर बाहिर निस्कुदा पनि महिला भएको डर बोकेर निस्कनु पर्छ ।
त्यसै क्रममा मैले केहि बोल्ने कोसीस गदै थिए तर फेरी मलाई बोल्न नै दिनु भएन आफैले भनु भयो पहिला मेरी आमाले पनी यस्तै हिंसा भोगी रहनु भएको थियो आज आमाले भोगेको हिँसाको ३५ वर्ष पछि म पनी भोग्ना बाध्य छु । होला मेरी आमाले घर छरछिमेकी श्रीमानको मात्रै हिँसा भोग्नु भएको परेको थियो होला तर अहिले मैले अफिस, घर, विद्यायलय, पसल होटलमा पनि हिंसा भोगीरहेको छु । जसरी यो समाजमा पुरुष सार्वजनिक स्थलमा निस्कदाँ आफु पुरुष भएको घमण्डा लिएर निस्क छन तर हामी महिला महिला भएको डर बोकेर निस्कनु पर्छ । फरक यहि छ । पुरुषहरु गर्वका साथ हरेक सार्वजनिक स्थालमा आफु सुरक्षित छु अनी अरुलाई सुरक्षा दिन सक्छु भने घमाण्ड गर्छन तर हामीले त्यहि पुरुषबाट हिंसा बेहोरी रहेका हुन्छौ । अनी हामी हिंसा भोग्दा शिक्षत वर्गको साहारा खोज्छौ अनी हामीलाई त्यहि शिक्षित वर्गका पुरुषले थप हिंसा गर्छ भन्दै दिदि रुनु भयो । अनी मलाई केहि पनि भन नै आए बास्तमा हामीले यस्ता धेरै हिंसा भोगिरहेका छौ दिदित केवल प्रतिनीधी पात्र मात्रै हुन भन्ने लाग्यो । हामीले यस्तो हिंसा समान दैनिक रुपमा गर्न बाध्य भएका छौं ।
दिदिसँग  मैले करिब ५ घण्टा सँगै यात्रा गर्ने अवसर मिल्यो ।
त्यो यात्रा भरी मलाई दिदिले सार्वजनी स्थलमा आफु हिडा भोगेको हिंसा मात्रै  सुनाउन भ्याउनु भएन आफुले काठमाण्डौँमा जागी खादा भोगेको हिंसा पनि सुनाउन भ्याउनु भयो ।
दिदिले भोगेको संसार भन्दा फरक छैन मेरो आमा र मैले  आम नेपाली महिलाले भोगेको संसार भन्ने मलाई पनी लाग्यो । होला हामी कसैले धेरै त कसैले थोरै हिंसा भौगेका छौ । चाहे सरकारी अफिसमा होस अनी, सामुदायिक संघ संस्था,  होटल, पलस, घर यातासवारीका साधान विद्याललय जता ततै  हामी यस्ता हिंसाको भोगाई – भोगी रहेका छौ । पहिला महिलाहरुले घरमा हिंसा भोग्न बाध्य थिए, तर  आज महिलाले हरेक सार्वजनिक स्थाल निस्कँदा महिला भएको डर बोकेर निस्कन बाध्य भएका छन् र छौं ।
नेपालकमा महिला अधिकारका कुरा गर्नेको संख्या हेर्ने हो भने हेरी साध्य छ्रैंन । कुरा मात्रै हैन नेपालको संविधान २०७२ महिलाको अधिकारका कुरा मौलिक हर्कमानै राखिएको छ । त्यसैगरी अहिले हरेक व्यक्ती, संघ संस्था सरकारी निकाय सबैको एउटै साझा उद्देश्य छ महिला हिंसा न्युनीकरण गर्ने ।
यहि महिला हिंसा न्युनीकरणका लागी नेपाल सरकार र  विभिन्न दातृनिकाले कति लागी गरेका होला या गर्ने तयारी गरी रहेका होलान अनुमान पनि गर्न सकिदैन । त्यस्तै अर्का कुरा नेपाल कति महिलाहरुले हिँसा न्युनीकरणका भएको महशुस गर्न पाएको होला त्यो पनी कसैले अनुमान गर्न सक्दैन । नेपालमा महिला हिंसा न्युनीकरण लागी जति करोड लागनी लागी गरे पनि महिलाले हिजो पनी हिंसा भोगी रहेका थिए आज पनी भोगी रहेका छन् । हिंसाको भोगाई मात्रै फरक छ । (लेखक बस्नेत रेडियो शैलुङ दोलखाकी संचारकर्मी हुन्)

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली