सिंगटीमा मझेरी विमोचन, आत्मनिर्भर साहित्यबाट पनि हुन्छ प्रश्रीत

aa

सिंगटी- नेपाली जनतालाई आत्मनिर्भर वनाउन  आधार खडा गर्ने साहित्य नै प्रगतिशील साहित्य भएको वरिष्ट साहित्यकार मोदनाथ प्रश्रीतले वताउनु भएको छ । संविधान दिवसको अवसर पारेर प्रगतिशील लेखक संघ  नेपाल सिंगटीले  आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनु भएको वरिष्ट साहित्यकार प्रश्रितले अवको साहित्य जीवन उपयोगी,वैज्ञानिक,उत्पादनशील र समाज रुपान्तर र नेपालीलाई स्वाभीमानी वनाउन सन्देश दिने किसिमको हुनु पर्ने कुरामा जोड दिनुभयो ।

स्वाभीमानी नेपालीहरु विदेशिनुका वाध्यता स्मरण गराउँदै आपनै देशको स्रोत र साधनलाई परिचालन गर्नेै र औद्योगिकीकरणको जग वसाल्न  विश्वविद्यालय खडा गरिनु पर्ने कुरामा जिकीर गर्नुभयो । २७ सय वर्ष पहिले आयुर्वेदिक उद्योगको सभ्मावित अध्ययन भइसकेको नेपालमा  २५ सयवर्ष अगाडि गौतम वुदधले समावेशीताको विजारोपण गरेपनि आज पनि नेपालीहरु देशमा केही गर्न नसकेर विदेशिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।दोलखाको उत्तरी क्षेत्रको केन्द्र सिंगटी वजारमा  वृहत पुस्तक विमोचन,स्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालयकी शिक्षा अध्यक्ष एवं साहित्यकार सु्धा त्रिपाठीले साहित्य र सिर्जनाका माध्यमवाट दोलखालाई चिनाउन कुनै कसरत वाँकी नराख्ने  प्रतिवद्धता जनाउनु भएको छ ।

साहित्य समाज रुपान्तरणको सहयोगी भएकाले साहित्यलाई सम्वृद्ध वनाउने चिन्तन जनप्रतिनिधिमा छाओस भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको छ ।कार्यक्रमलाई सम्वोधन गर्दै साहित्यकार डा घनश्याम खतिवडाले दोलखाको संस्कृति र लुकेको पहिचान जोगाउन साहित्यको माध्यमवाट विकास गर्न सकिने कुरामा जोड दिनुभयो ।

दोलखाको सभ्यता,माटो,मौलिकता र संस्कृतिलाई चिनाउन साहित्य नै वलियो हतियार भएको दावि गर्नुभयो । कार्यक्रममा जिल्ला विकास समिति दोलखाका पूर्व जिविस सभापनि एवं समाजसेवी लालकुमार केसी,कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी,विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का,गौरीशकर गाउपालिका प्रमुख स्वयवहार खड्का, यस्तै कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक,गौरीशकर गाउँपालिका उपप्रमुख उर्मिला थामी,  लगायतले प्रगतिशील लेखक संघसंगको सहकार्य  र समन्वयको प्रविद्धता व्यक्त गर्नुभयो ।प्रगतिशील लेखक संघ दोलखा नेपालका अध्यक्ष सुन्दर खड्काले जिल्लामा गर्दै आएको गतिविधिका वारेमा जानकारी गराउँदै सिंगटी शाखाले वृहत कार्यक्रमको आयोजना गरेर लेखक संघलाई काम गर्ने उत्साह थपेको भन्दै धन्यवाद प्रकट गर्नु भयो । सिविन नेपालको सहकार्यमा गरिएको कार्यक्रममा सिविन नेपाल अन्र्तगत एटविन कार्यक्रम संयोजक भगवती घलेले,सिगटी शाखाकी सदस्य प्रतिमा काप्ले,दिलकृष्ण मल्ल ठकुरी,जयन्द्र पोखरेले रचना वाचन तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा विगु,कालिञ्चो र गौरीशकर गाउँपालिकामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील पत्रकार,कलाकार र साहित्यकारलाई सम्मान गरिएको थियो भने नवनिर्वाचित ७ गाउँपाकिलकाका प्रमुख उपप्रमुख र वडाध्यक्ष सहित २६ जना पदाधिकारीलाई कार्यसफलताको शुभकामना सहित सम्मान गरिएको प्रगतिशील लेखक संघ सिंगटी शाखाका सचिव जीवन शर्मा रिमालले जानकारी दिनुभयो ।

सिगटी शाखाका अध्यक्ष निर वहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न वृहत कार्यक्रममा  सिगटी शाखाले प्रकाशन गरेको साहित्यिक मझेरी पुस्तक पनि विमोचन गरिएको थियो ।उ््त्तरी क्षेत्रका हजारौ स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा हास्यकलाकार दिनेश काप्ले,गायक लालकुमार वराल,मिन योञ्जन,रामकृष्ण लो तमाङ,कृष्ण वानीया लगायतका कलाकारको प्रस्तुति रहको थियो भने उमङ डान्स इन्चिच्युट सिगटी र वस्नेत एकेडेमी र्वोिर्डङ स्कुलले विभिन्न सांस्कृति प्रस्तुति देखाएका थिए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली