भिसा विना सिमा प्रवेश गरेका अमेरिकन नागरिक दोलखाको लामाबगरबाट पक्राउ

american

दोलखा— राहदानीबिना यात्रा गरिरहेका एकजना अमेरिकन नागरिकदोलखाको  तिब्बती सीमाक्षेत्रनजिकबाट लामाबगरबाट शनिवार पक्राउ परेका छन् ।
ग्रान्ट यो (Grant Yo)नाम र अमेरिकन परिचयपत्र नम्बरबाट आफुलाई चिनाएका उनले अमेरिकस्थित क्यालिफोर्नियाबाट आएकोे बताएका छन् । लामावगरको गोंगरस्थित रोल्वालिङ प्रहरी चौकीमा पक्राउ परेपछि ग्रान्टले राहदानीसहितको झोला हराएको दावी गरेका छन् ।

लामावगरस्थित सीमा प्रहरी चौकी छिचोलेर आएका उनले आफ्नो सामान हराएको बारे उजुर भने गरेका छैनन् । लप्चेस्थित गुम्बामा करिब दुईसाता ध्यान गरेर फर्किएको बताउने उनले बाबु तिब्बती र आमा अमेरिकन भएको प्रहरीलाई बयान दिएका छन् ।

लप्चेस्थित गुम्बामा ध्यान गरेर फर्केको बताउने ग्रान्टले राहदानी र भिसाविनै यात्रा गरेको भेटेपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष्ँक रामेश्वर कार्कीले बताए । उनलाई आइतबार अध्यागमण काठमाडौं पठाइएको छ ।
तिब्बती सिमानाछऊ नेपाली भूमिमा रहेको बौद्धमार्गीको बिशेष तीर्थस्थल मानिने मिलारेवी गुम्बा क्ष्ँेत्र जान विशेदीलाई विशेष अनुमती लिनुपर्ने हुन्छ । लामावगरको छेछ्योतबाट लामावगर हु‘दै लप्ची क्ष्ँेत्र पदयात्र गर्न र त्यसतर्फ हेलिकप्टर उडान भर्नका लागि गृह मन्त्रालयसंग अनुमति लिनुपर्छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली