दोलखाका वाम उम्मेदवार जिताऔं अभियान

bam gathabandan

काठमाडौं– दोलखाका संयुक्त वाम उम्मेदवारहरुलाई जिताउनका लागि काठमाडौंमा बस्ने भीमेश्वर नगरवासीको भेलाले २ सय ३८ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ता सहभागी उक्त भेलाले राजु श्रेष्ठ संयोजक र राजु केसी सह संयोजक रहेको समिति गठन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एमालका केन्द्रीय सदस्य एवं स्कुल विभाग सचिव इश्वरी रिजालले वाम एकताको चुनावी तालमेलसहित पार्टी एकिकरणको आवश्यकताबारे प्रष्ट पारेका थिए ।
एमाले वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का, नेता दिनेशराज शिवाकोटी, वसन्तराज कार्की, प्रवीण प्रधान, रामशरण खाती, कमला ओली, एमाले सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी, माओवादीतर्फबाट प्रभाकर श्रेष्ठ, सम्पर्क मञ्चका सचिव हरिहर कार्कीसहितको सहभागिता थियो ।
भेलाले राजु श्रेष्ठकै संयोजकत्वमा माओवादी केन्द्रका राजु केसीसहितको ९ सदस्यीय  निर्वाचन परिचालन विशेष समिति समेत गठन गरेको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली