नेपालका १ लाख युवा लागुऔषध दुव्यसनी

drug adiction

कार्तिक १८ – नेपालमा १ लाख बढि युवाहरुले लागु औषध प्रयोग गर्ने गरेको लागु औषध नियन्त्रण व्युरोका प्रहरी निरिक्षक कुष्णगोपाल पनेरुले बताउनुभएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित लागु तथा मनोद्धिपक औषधी सम्वन्धी एक दिने अन्र्तक्रिया कार्यक्रममा प्रशिक्षण दिनुहुदैँ प्रहरी निरिक्षक पनेरुले नेपालमा लागु औषध प्रयोग कर्ता बढेका कारण अपराध नियन्त्रण गर्न समस्या भएको समेत बताउनुभयो । नेपाल औषधी व्यवसायी संघ दोलखा सम्पर्क समिति दोलखा र नेपाल औषधी व्यवसायी संघ बागमती अञ्चल शाखाको संयुक्त आयोजनमा भएको अन्र्तक्रिया कार्यक्रममा भीमेश्वर नगरपालीकाका प्रमुख भरत केसीले, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जिवन लामा, नेपाल औषधी व्यवसायी संघ सम्पर्क समिति दोलखाका संयोजक हरिप्रसाद गौतम लगाएतले लागु औषध प्रयोग कर्ताको सङख्यामा बृद्धि भइरहेको बारेमा जानकारी गराउनु भएको थियो ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली