दोलखामा बाम गठबन्धनको चुनावी अभियान आक्रमक बन्दै (फोटो फिचर)

bam 2

कात्तिक १९, दोलखा । बाम गठबन्धनका उम्मेदवार तथा नेताहरुले नेपाली कांग्रेस कारण देशले हालको दुर्दशा भोग्नुपरेको भन्दै बाम गठबन्धनलाई विजय गराएर देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन् ।

bam 7
मुलुकबाटै काग्रेसलाई विदा गरेमात्रै जनताले सुख र समृद्धिको सास फेर्ने उहाँहरुको भनाई छ । प्रतिनिधि सभाका उम्मेदवार पार्वत गुरुङ, प्रदेशसभा २ का उम्मेदवार पशुपति चौलागाईले देशको स्थायित्व, स्वाभिमान र समृद्धिका लागि बाम गठबन्धन भएकाले त्यसमा एकतावद्ध भएर साथ दिन जनसमुदायलाई आग्रह गर्नुभयो ।

bam 2
एमाले पोलिटव्युरो सदस्य समेत रहनुभएका उम्मेदवार चौलागाईले मुलुक अव कम्युनिष्टहरुको नेतृत्वमा समृद्ध बन्ने वताउनुभयो । अहिलेसम्म अस्थिरता र द्धन्द्धका कारण मुलुकको विकासले गति लिन सकेन, चौलागाईले भन्नुभयो, बाम गठबन्धनलाई अत्याधित मत दिनुहोस्, मुलुक बनाउने जिम्मा हाम्रो हुनेछ ।

bam 9

उहाँले एक अर्को फरक प्रसँगमा  राष्टिय पुननिमार्ण प्राधिकरणले भुकम्पबाट क्षति भएको घरको पुन निर्माण २०७५ असार मसान्तसम्म पुन निर्माण गरिसक्नुपर्ने बाध्यकारी ब्यबस्थालाई हटाएर आगामी तिन वर्ष सम्मको लागि समय अबधि थपि सबै भुकम्प पिडितलाई घर बनाउने समय थप्ने पनि बताउनुभयो ।

bam 6
यस्तै एमाले केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार पार्वत गुरुङले अव एक पटक जिल्लालाई समृद्ध बनाउने अवसर दिन आग्रह गर्नुभयो । मैले सवैलाई भेट्न र फोन गर्न पाईन होला, तर म कहिल्यै व्यक्तिगत स्वार्थमा लागिन, एक पटक जिल्लाको समृद्धिको लागि अवसर दिनुस्, उनले भने ।

bam 5
निर्वाचनपछि स्थानीय देखि केन्द्रसम्म बन्ने बाम गठबन्धन नेतृतवको सरकारले देश र जनताको काँचुली फर्ने नेताहरुको दावी छ ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल, माओवादी नेता शंकर लामा, कृष्ण भुजेल लगाएतका नेताहरुले बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

bam 4

 

 

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली