दोलखाली चेली सिर्जनाले जीतिन अन्तर्राष्ट्रिय एन पीस अर्वार्ड

sirjana 1

विनिता शिवाकोटी
चरिकोट-दोलखाली चेली महिला अधिकारकर्मी सिर्जना कार्की एन पीस अर्वार्ड जित्न सफल हुनुभएको छ । दन्द्ध व्यवस्थापन, निवारण र शान्ति निर्माणमा काम गर्ने एसियाका ७ महिलालाई प्रदान गरिने  अन्तराष्ट्रिय स्तरको एन पिस अर्वाड नेपालको प्रतिनिधित्व गर्दै कार्की  जित्न सफल हुनुभएको हो ।
नेपालवाट एन पीस अर्वार्डका लागि ३ जना महिला छनौटमा परेका थिए । ३ जना मध्य भोटिङ र कार्य अनुभवको आधारमा दोलखावाट सिर्जना कार्की छनौटमा पर्नुभएको हो ।
एशीयाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा योजदान पु¥याउने व्यक्तीलाई दिने अर्वाड जितेसंगै दोलखाली हरुल्ो विभिन्न माध्यम प्रयोग गरेर वधाइ तथा शुभकामना दिइरहेका छन् ।
२०५८ सालदेखि निरन्तर महिला हिंसाका क्षेत्रमा स्वयँसेवकको रुपमा न्याय दिलाउन सहयोग गर्दै आएकी कार्कीले २०६९ सालमा  आवाज नेपाल संस्थाको स्थापना गरेर औपचारिक रुपमा संस्थागत कामको शुरुवात गर्दै आउनु भएको छ ।

हिंसा प्रभावित महिला तथा बालबालिका अनि विशेष गरी आप्नै परिवारवाट जवरजस्तीकरणीमा परेका किशोरी अनि वालिकाको संरक्षण ,पालन पोषण, शिक्षा , न्यायिक कार्य गर्दै आएकी कार्कील्ो भुकम्पछि आवाज नेपालदवारा हिंसामा परेका महिला ,जोखिममा परेका बालबालिकाका संरक्षणको लागि स्नेह केन्द्र सञ्चालन गर्नुभएको छ ।

हाल स्नेह केन्द्रमा ७ बालबालिका र ६ महिला स्थायी रुपमा वस्दै आएका छन् भने विभिन्न सरोकारवाला संघसस्थासंग समन्वय गरेर  जोखिममा परेका महिला तथा बालबालिका सहाना मंगला दीर्घकालिन गृह हाउसमा ३ जना शक्तीकेन्द्र सिन्धुपाल्चोकमा ५ जना,सृष्टि नेपालमा १ जना,सिविन नेपालमा १ माइति नेपाल १लाई पुनरस्थापना गरिएको छ भने मानसिक सन्तुलन गुमाएका  महिला वाट जन्मेका सन्तान २ जना को पनि व्यवस्थापन गर्न सफल भएको अनुभव संस्थासंग छ भने २०५८ देखि अहिले सम्मको तथ्याङ हेर्दा १२५० महिला तथा बालबालिका  कानुनी न्याय पाउन सफल भएका छन् जुन कार्कीकै पहलमा भएको आवाज नेपालको तथ्याङमा छ ।हिंसा प्रभावित महिलामात्र नभएर पुरुषलाई समेट कानुनी लगायत अन्य परामर्श समेत प्रदान गदै आएको कार्कीको भनाइ छ ।

sirjana

सामाजिक आन्दोलन प्रतिको सोच

सानै देखि गाउघर समाज तिर महिलाहरुलाई गरिने व्यवहारले मलाई सधै पिरोल्ने गथ्र्यो । घरमा आमाको पीडा,समाजमा दिदी,वहिनी भाउजुहरुमाथी परेको अन्याय देखेर मलाई सानैदेखि प्रतिशोधको भावना अकुराएको थियो । उमेर वढेसंगै समाजका यस्ता अन्याय र अत्याचाका विरुद्ध कसरी संगठित हुने भनेर सोच आउने गर्दथ्यो ।

बुबाले आमालाई गरेको व्यावहार असह्य हुने गर्दथ्यो । मैले आजसम्म पाएको सफलता वा उपलब्धी भनौ त्यसको पछाडी, आँखाले प्रत्यक्ष देखेको घटनाहरुको पृष्ठभूमी नै हो । जुन बेला एक जना महिलालाई श्रीमान , छोराछोरी नभएकी असहाय ठानी आफ्नै गाउँको  अगुवा ( पञ्चायती शासनकालको प्रधान पञ्च  ) द्धारा हलो जोत्न बोलाएको हलिसंग आरोप लगाई हाडनाता करणीको दोषमा सामाजिक रुपमा नग्न वनाएर सिस्नु र पानी लगाई जिम्मा मात्र लगाएनन् गाउँ निकाला समेत गरियो ।

उनी हाल कहाँ छिन र कुन अवस्थामा रहेकी छिन ? साथै आज सम्म कस्तो अवस्थामा जीवन गुजारा गरिरहेकी छिन् मलाई आज यस प्रश्नले दिन रात पिरोली रहेको छ । यस घटनाबाट मलाई लाग्यो के छोरी भएर जन्मनु नै अपराध हो ? उनी विवाहित महिला जसको श्रीमान वेपत्ता हुनु, छोराछोरी नजन्मनु कै कारण उनी माथि त्यती ठुलो अन्याय हुनुले मेरो मन अत्यन्त दुःखी भयो । त्यसै घटनाको प्रत्यक्षदर्शी भएकै कारण मेरो मनमा लाग्यो अव म महिला माथि भएको अन्याय अत्याचार विरुद्धको अभियानमा अटुट रुपमा लाग्छु र सोही बेलादेखी मैले अठोट गरें म महिलामाथि हुने हिंसा, अन्याय अत्याचार विरुद्ध लडिरहने छु ।

त्यस घटनाका परिदृष्यले आजसम्म पनि मेरो मन दुखेको छ, मलाई अहिले लाग्दछ यस्ता घटनाले  सबै महिलाको मन दुखेको छ र दुख्नै पर्छ पनि । त्यस्तै धेरै अन्याय र अत्याचार अनि हिंसाका घटनाहरु छन् मेरो मानसपटलमा उनी त एक प्रतिनिधी पात्र मात्र हुन् तर हाम्रो समाजमा यस्ता पिडीत महिलाहरु धेरै छन् जस्ले आफ्नो कथा, व्यथा लुकाउन बाध्य छन् । त्यस घटनाबाट गरेको अठोट अझै जारी छ ,त्यस पृष्ठभूमीबाट महिला हिंसाका सवालमा काम गर्दा कता कता लाग्दछ केही हदसम्म सफलता पाएको छु । किनकी म आफैमा महिला भएर महिला हिंसा, न्याय, अधिकार र कर्तव्यको सवालमा सचेत हुने, थाहापाउने र विश्लेषण गर्न सक्ने क्षमताको विकास हुनु, आफु एक्लै नभएर अन्य धेरै व्यक्ति वा निकायको साथ सहयोग प्राप्त गर्नु, स्थानिय÷जिल्लास्तरमा उठाएका सवालहरुले राष्ट्रिय सवालसंग मान्यता पाउनु, पिडीतहरुले न्यायको आशामा सहयोग खोज्न सक्नु वा पीडा व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नु, केही हदसम्म पिडीतद्धारा राहत महशुस गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नु र महिलामाथि हुने गरेका जस्तासुकै समस्या, अन्याय, अत्याचार वा भनौ  हिंसाको उजागर गर्न सक्नु नै वर्तमान अवस्थामा मैले खुशि व्यक्त गर्न सक्ने आधार र सफलताको अनुभुती हो । साथै महिलाका सवालमा राज्यबाट  राज्यका सम्बन्धीत निकाय र व्यक्तिद्धारा बारम्बार सम्वोधन गरिरहनु तर कार्यान्वयन नहुनु, सुनुवाई नहुनु, धम्कि पूर्ण चेतावनी आउँदा पनि थप हौसला बढ्नुले लाग्दछ म अझ दरिलो भएको छु र निरन्तर यस क्षेत्रमा लागीरहने प्रेरणा मिलेको छ । आप्ने कोठावाट हिंसा प्रभावितलाई सुरक्षित आवासको व्यवस्था लगायतका न्यायिक काम शुरु गर्दै   अहिले आवाज नेपाल संस्था जसले हिंसा प्रभावित महिला र बालबालिकाको लागि काम गरिरहेको छ । जसको म अध्यक्ष भएर काम गरिरहेकी छु । हिंसा प्रभावित महिला तथा बालबालिकाको  संरक्षण, पुनरस्थापना,पुनरमिलन,परमर्श,शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली