जुवाको खालवाट वडा अध्यक्ष पक्राउ

kauda-juwa-egaurishankar

वैत्यश्वर गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष एवम् कांग्रेस नेता शम्सेर घिसिङसहित ११ जनालाई ३ लाख भन्दा बढि रकम सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ नाम्दुस्थित कार्की अतिथि गृहबाट वडा अध्यक्ष सहित ११ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले जुवाखालबाट ३ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ रकम समेत बरामद गरेको छ । पक्राउ पर्नेमा वैत्यश्वर गाउँपालिका वडा नम्वर ६ का ढालबहादुर कार्की, सोही स्थानका बद्रिनाथ घिमिरे, कृष्ण कार्की, केदारप्रसाद घिमिरे, मानबहादुर तामाङ,हृदयराम तामाङ, शम्सेर घिसिङ, नारायण लामा, नवराज घिमिरे र सुजन कार्की रहेका छन् । पक्राउ परेकाहरुलाई दोलखा जिल्ला अदादतवाट सात दिनको म्याद थप गरि अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।
जुवातास विरुद्धको अभियान जारी राखेको प्रहरीले एक महिनाको अवधिमा जुवातास बिरुद्ध तीन वटा अप्रेसन चलाएको छ । जेठमा दोलखा प्रहरीको प्रमुख भएर आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर कार्कीले ५ महिनाको अवधिमा जुवातास विरुद्ध ४ वटा अप्रेशन चलाएका छन् भने कात्तिक महिनामा मात्रै ३ वटा अप्रेसन भएको छ । यो अवधिमा कर्मचारी देखि वडापालिकाका अध्यक्षसम्म जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । डिएसपी कार्कीले जुवातास लगायतका बिकृति, बिसँगति र अपराध विरुद्धको अभियानमा कुनै सम्झौता नहुने बताए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली