मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

19092016065823sambidhan-600x0

चैत्र ६–आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेको नागरिक दैनिक र नयाँ पत्रिका दैनिकमा खबर छ ।

नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन बसेकी हुन् ।

‘कार्यालय सार्ने–नसार्ने विवाद मुख्य होइन । त्यो त नियम र प्रक्रियाले मिल्नेगरी गरिने हो । मेयरले दुईतिहाइ पुगेपछि उपमेयरको सहमति आवश्यक नै नपर्ने भनिदिएपछि साँच्चिकै चित्त दुखेको छ’, नागरिक दैनिकले उपमेयर झाको भनाइ कोड गर्दै समाचार लेखेको छ ।

आइतबारै साँझदेखि अनशन बसेकी झाको स्वास्थ्य अवस्था कमजोर भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

नयाँ पत्रिका दैनिकले आफ्नै मेयरविरुद्ध अनशन बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थय अवस्था बिग्रेपछि अस्पताल भर्ना गरेको लेखेको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली