दोलखाको खेल मैदान टुडिखेलको यस्तो वेहाल

foot 2

दोलखा– पत्रकार र फुटबलका व्यवसायिक खेलाडीबीच दोलखाको चरिकोटमा मैत्रीपूर्ण खेल भैरहदा टुडिखेलबाट आकासतिर धुलैधुलो उडिरहेको थियो ।
दोलखा फुटबल संघको आयोजनामा स्थानीय व्यवसायिक खेलाडीले निकै शान्तिपूर्वक पत्रकारहरुसँग खेल खेलिरहदा पनि पत्रकारहरु धुलो, खाल्डाखुल्डीले भरिएको टुडिखेलमा लडेर घाइते नै भए । रोमाञ्चक उक्त खेललाई नमिठो बनाउने काम त्यहि विरुप टुडिखेलले ग¥यो ।
जिल्लाको सबैभन्दा ठूलो र ऐतिहासिक खेलमैदान टुडिखेल एक दशकदेखि धुलो र छारोको भण्डारको नामले परिचित छ । बनाउन खोज्दै अलपत्र छाडिदा उक्त मैदानभित्र दुवोले भरिएको एक चोक्टा जमिन पनि भेदिैन । भेटिन्छ, सुख्सा माटो, मसिना ढुङ्गा र खाल्डाखुल्डी । चारैतिर हरियाली र रमणिय दृष्यका वीचमा मरुभूमी जस्तै बनेको छ मुख्य जिल्लाकै खेलमैदान ।
एक महिनाअघि जिल्लामा पहिलोपटक क्रिकेट प्रतियोगिता हुँदा पनि खेलाडीको त्यस्तै वेहाला भएको थियो । वलरले गरेको वलिङलाई रन लिन लाग्दा हावाहुरीले धुलो उडायो भने व्याटस्म्यानसम्म पुग्दा वल नै हराउथ्यो ।

1 f

बल्लतल्ल व्याटस्म्यानले बलमा हिर्काउन सकिहाल्यो भने धुलोको मण्डलभित्र चौका हुन्छ की छक्का देख्न सकिदैन । मैदानमा बसेका अम्पायर नै रणभुल्ल परेर ढिलोगरी नतिजा दिने दृष्य खुबै पट्यारलाग्दो देखिन्छ । जिल्लामा पहिलोपटक आयोजित खेल भएकाले ऐतिहासिक भनिएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता यस्तै दृष्यले थप चर्चा पाइरहेको छ ।
विरुप र खेलका लागि अयोग्य टुडिखेलमा सोमबारदेखि सुरु भएको जिल्लाव्यापी क्रिकेट प्रतियोगिताको उद्घाटनमा वलिङ गर्ने भीमेश्वर नगरका मेयर भरत केसी भए । व्याटिङ पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले गरे । खेलका शुभारम्भ गर्दा उनीहरु उडिरहेको धुलोमा मैदानका बीचमा पुगेका थिए ।
मुख छोप्दै भाषण गर्नुपर्ने मैदानमा क्रिकेटको उद्घाटन गर्दै पूर्वमन्त्री पोखरेलले दोलखाको भूमिमा पहिलोपटक क्रिकेट प्रतियोगिता भएकाले एतिहासिक भएको दावी गरे । पटकपटक दोलखाबाट सांसद जितेका पोखरेल र नेपाल क्रिकेट संघका कोषाध्यक्षसमेत भैसकेका मेयर भरत केसीले एकैपटक टुडिखेलको विरुपतामा केही बेर विताए । दुवैजनालाई जिल्लाको पहिचानसँग जोडिएको विरुप टुडिखेल सुन्दर बनाउने योजना बोकेर आएका थिएनन । उनीहरुले एतिहासिक कार्य शुभारम्भ गर्न पाएकामा भने गर्व गरे । छारो र धुलाका बीच उपाधी कालिञ्चोक माविले हात लगाए ।

foot

टुडिलेखका चारैतिर अन्यत्रबाट ल्याइएका माटो थुपार्ने थलो पनि भएको छ । जसले मैदानको आकार अस्वाइदिलो ढंगले खुम्चिदै छ । नजिकै रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा आउनेहरुको गाडी पार्किङस्थल पनि उही टुडिखेल भएको छ । गाडी र मोटरसाइकल सिक्ने सिकारु केन्द्रको उही टुडिखेलले भारवहन गर्छ । कहिलेकाही“ गाईवस्तु उग्राउने थलो पनि बन्ने गरेको टुडिखेलले यसपटक क्रिकेटका सहभागी १० वटा टिमलाई हारजितको तहमा पु¥याउनुपर्ने छ ।
खेल हारजित हावाको वेगमा भर पर्ने खेलाडीहरु बताउँछन् । पहिलोपटक हिमाली जिल्लामा भएको प्रतियोगितामा सहभागी जनाएका त्रिपुरा ग्लोरियसका खेलाडी सुजल थापाले बताए । ‘बलिङ गर्दा होस् या ब्याटिङ गर्दा अनुमानमा उत्रनु पर्छ,’ उनले भने । खेलाडी भन्दा अम्पाएर झुक्किएर दर्शक र  खेलाडीको सल्लाह लिएर समेत नतिजा दिनुपर्छ । जिल्ला क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेलले धुलोका बीच पनि पहिलोपटक जिल्लामा किक्रेट प्रतियोगिताको अभ्यास भित्र्याएको बताए । टुडिखेल सुधार नभएसम्म जिल्लाको खेलको विकासमा ठेस पुग्ने उनले बताए ।
आजभोली हावाहुरीको मौसम भएकाले धुलो उडिरहन्छ । धुलो उड्दा एक खेलाडीले अर्कोलाई देख्दैनन् । खेलाडीले कति माटो खानुपर्छ त्यसको लेखाजोखा छैन । दर्शकहरु मुख छोपेर खेल हेर्छन, उनीहरुको लुगामा लागेको धुलो टकटक्याइरहेका हुन्छन् । रमाउदै खेल हेरिरहेका युवादेखि बृद्धहरु धुलो खादै खेलको स्वाद लिएको बताउँछन् । ‘टिभीमा मात्र हेरेको क्रिकेट आफ्नै ठाऊ“मा भएर खेल हेर्न आएको न बल देखिन्छ न त खेलाडी नै,’ अरुण खड्का भन्छन ।

foot 3
जिल्लामा कुनै प्रतियोगिता भयो भने अरु मैदान सदरमुकाममा छैन । सबै खेलका यही टुडिखेलमा हुन्छ । यसको मर्मत सम्भारको योजना पटकपटक आउदै सेलाउदै गर्छ । तत्कालिन समयमा अखिल नेपाल फुटवल संघले गोल प्रोजेक्ट दिने भनेर टुडिखेल मर्मत शुरु भएको थियो । त्यसअघि मर्मत गरेपनि खासै कुरुप बनेको थिएन मैदान । न गोल प्रोजेक्ट आयो उल्टो टुडिखेल कुरुप हुँदै गयो भनेर खेलाडीले गुनासो गर्छन् ।
एक दशक भयो यो मैदानमा स्तरीय खेल प्रतियोगिता नभएको । बल्लबल्ल खेल भए ज्यानै बाजी राखेर खेल्नुपर्ने खेलाडीहरु गुनासो गर्छन । यो मैदानमा खेल्दा घाईते भएर खेलसम्म छाड्नु परेको घटना दोहिरहन्छन् ।
निर्वमान सांसद आनन्दप्रसाद पोखरेलको १० लाखसहित तत्कालिन जिल्ला विकास समितिले टुडिखेलमा दुवो रोप्ने, नेट राख्ने जस्ता कार्य अघि बढाउन समितिसमेत बनायो । आखिर उक्त आयोजना अर्थहीन ढंगले केही पर्खाल उठाएर सकिएको छ । उक्त कार्य गर्दा तत्कालिन जिविसको २० लाख खर्च भएको छ । जिल्ला समन्वय समिति भएपछि पैसा नआएकाले बाँकी काम गर्न नसकिएको उक्त कार्यालयले बताएको छ ।
जिल्ला फुटवल संघको स्वामित्वमा गएपछि कसले टुडिखेल सुधार्ने भन्ने विवाद पनि जारी रह्यो । लिजमा लिएको फुटवल संघले केही गर्न नसकेपछि हाल भीमेश्वर नगरपालिकाले टुडिखेलको सुधारको योजना अघि सारेको छ । उक्त नगरको विनियोजन ऐनमा टुडिखेल सुधारका लागि २० लाख विनियोजन गरेको उल्लेख छ ।

प्रकाशित चैत्र ६ गते मंगलबार

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली