दोलखाको दक्षिणी गाउँमा सडकको सकस

IMG_2694

बैशाख ५-दोलखा सदरमुकाम चरिकोट जोड्ने कच्ची सडक स्तरोन्नितका लागि भत्काएपछि कच्ची जस्तै बनेको छ । यात्रुहरु खाल्डाखुल्डी परेको सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जोड्ने कच्ची सडकहरुको अवस्था भने झनै दर्दनाक छ । कच्ची सडकमा सर्वसाधरण सकसपूर्ण यात्रा गर्न बाध्य छन्।  यो समाचार सुदिप कैनीले  कान्तिपुर दैनिको अनलाईन संस्करणमा लेखेकाछन् । बर्षात अघिकै सडक गाडी गुड्न सक्ने अवस्थामा छैनन्। चालकहरुले जबर्जस्ती कच्ची सडकमा सवारी साधनहरु गुडाउने गरेका छन्। धुलो, हिलो र खाल्डाखुल्डीमा घण्टौंसम्म गाडी फसेर यात्रु गन्तव्यमा पुग्दैनन्। खाद्यान्न र निर्माण सामग्री बोकेका मालबाहक सवारी साधन पनि बाटोमै अड्केर बस्छन्।

यात्रु, चालक र सहचालकले सडक मर्मत गर्दै सवारी साधन अघि बढाउँछन्। तामाकोशी गाउँपालिका– २ बाट वडा नम्बर १ जोड्ने ढोली खोलाको पानी सधैँ सडक भत्काउँछ। वर्षातको बाढीमा त झन सडक नै खोला बन्छ। तामाकोशी बजार हुँदै जिरी र चरिकोट राजधानी काठमाडौं र रामेछाप जोड्ने सडक सडकको अवस्था यस्तो जीर्ण छ। हिउँदमै गाडी चल्न मुस्किल पर्ने सडकमा बर्खातमा गाडी गुड्न नसक्ने तामाकोशीका कृष्णप्रसाद पौडेले बताए। यात्रुहरुले दैनिक हैरानी खेप्नु परेको उनको गुनासो छ। गाडीहरु बाटोमा फसेपछि यात्रुहरु घण्टौंसम्म सडकमै अलपत्र पर्छन्।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली