पल्सर सर्वोकृष्ट खेलाडी पिपुल्स च्वाईस अवार्डको मनोनयन दोलखाका स्यान्टु, मतदान गर्न अपिल , भोट गर्ने तरीका यस्तो छ

staatoo

बैशाख १४ – टेवल टेनिसमा दोलखका स्यान्टु श्रेष्ठ सहित क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो ।

सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् । २०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जानकारी दिएको छ । मनोनयमा पर्ने सबै खेलाडी आ आफ्नो खेलका कारण वर्षभर चर्चामा रहन सफल भएका थिए । स्यान्टु ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । उनी टेबल टेनिसमा आशा गरिएका खेलाडी हुन् । मञ्चले यसमा विजेता छनोट गर्ने विधिलाई विगतमा भन्दा केहि परिवर्तन गरिएको बताइएको छ । यसअघि एसएमएस र फेसबुक लाइक्सको आधारमा विजेता छनोट हुँदै आएको थियो ।

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ । एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ । चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ ।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका प्रशिक्षकहरू र मञ्चका सबै सदस्य पनि पिपुल्स च्वाइसमा निर्णायक बन्न पाउने व्यवस्था गरिएको छ । प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत रहने बताइएको छ ।पिपुल्स च्वाइस अवार्डको लागि मतदान प्रक्रिया २०७५ साल जेठ २ गते मध्यरातसम्म एसएमएस गर्न पाउने व्यवस्था रहेको मञ्चले जनाएको छ । उनलाई जीताउन राधानीमा बस्दै आएका दोलखालीहरुले क्याम्पियन गर्न थालेकाछन् । साथै जिल्लवासी अन्यलाई मतादान गर्न आग्रह समेत गरिएको छ ।

यसरी गर्नुस भोट

मोबाइलमा PULSAR SS टाइप गरी 37722 मा SMS भोटिङ अथवा यो लिंकमा क्लिक गरी लाइक https://www.facebook.com/THTLiveNepal/photos/a.1651480708254312.1073741849.165556016846796/1651480994920950/?type=3&permPage=1गरिदिनु हुन  हार्दिक अनुरोध

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली