जिरीको एयरपोर्ट सपना, विगतको वास्तविकता, हालको अवस्था

air1

बैशाख २१-जिरी (दोलखा) -स्वीसले आफ्नै लागि आउजाउ गर्न बनाएको जिरी एयरपोर्टमा तीनदशकदेखि विमान वस्दैन, सदावहार उम्रने दुवोमा चौपाय चर्छन् ।
वि.सं. २०४३ सालमा सडकले जोडिएपछि ‘सगरमाथाको गेटवे’ पनि भनिने जिरी एयरपोर्टमा विमान देखिन छाडेको हो । सातामा एकपटक आउजाउ गर्ने विमान किन आएन भनेर केही सालसम्म कसैको वास्ता भएन । २०५३ सालबाट भने लगातार उक्त एयरपोर्ट चालु गर्न स्थानीयले प्रभावशाली व्यक्तिहरुलाई गुहार्दै आएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुले स्थानीयलाई खुसी पार्नकै लागि भए पनि भन्दिदै आएका छन, ‘यो एयरपोर्ट सञ्चालन गर्न पहल गर्छु ।’
यस्तो आश्वासन दिने औपचारिक सिलसिला सुरु भएको पनि झण्डै २५ बर्ष वितिसकेको छ । तर, एयरपोर्ट, एयरपोर्ट भनेर गुहार्न भने स्थानीयले छाडेका छैनन् । स्थानीयको चाहनाअनुसार बुधबार जिरी आएका संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले माउण्टेन फलाइटकै लागि पनि जिरी एयरपोर्ट सञ्चालनमा ल्याइ छाड्ने बताए । कान्तिपुर दैनिकमा राजेन्द्र मान्धरले लेखेकाछन् ।
त्रिभुवन विमानस्थलको व्यस्तता कम गर्न विकल्पक खोज्दै हिडेका मन्त्री अधिकारीको भनाई समाजिक सञ्जालमा प्रचारित हुनेवित्तिकै व्यङ्ग्य र अशिष्ट टिकाटिप्पणी भैहाल्यो । तत्काल फेसबुक वालमा लेखियो, ‘यही जिल्लाको मन्त्री हुँदा त केही भएन, गफैमात्र गरे, फेरि अर्को गफ आयो ।’ दोलखा जन्मघर भएका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पनि उक्त विमानस्थल सञ्चालन गर्नेबारे जिरी पुगेर यसरी नै अभिव्यक्ति दिएका थिए ।
तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको आश्वासनपछि २०५३ सालमा उक्त विमानस्थल पुन सञ्चालन गर्नेबारे विस्तृत परियोजना प्रतिवेदन नै पेश भएको थियो । तत्कालिन गाविस अध्यक्ष र हाल जिरी नगरपालिकाका मेयर टंक जिरेल भन्छन, ‘दोलखा आएका बेला तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसादलाई प्रतिवदेन दियौ, पछि त्यो सिंहदरबारमै कता हरायो ।’ काठमाडौंमा विहानी उडानहरु हुस्सुले बढि रद्द हुन्छ । जिरीबाट नजिक पर्ने हिमश्रृङ्खला हेर्नका लागि विहानी उडान उपयुक्त छ भन्ने जोड दिदै एयरपोर्टका बारेका प्रतिवेदनहरु लेखिने गरेका छन् ।
वि.सं. २०१४ सालदेखि जिरी वहुउद्देशिय विकास कार्यक्रम थालनी गरेको स्वीट्जरल्याण्ड सरकारले २०१७ सालपछि जिरीमा एयरपोर्ट बनाएको हो । भक्तपुरको सा“गाबाट हप्तादिनमा जिरी आइपुग्नुपर्ने दुःख समाप्त गर्न स्वीसले जिरीको हाटडा“डामा सानो आकारको (टुइनेटर) विमान वस्नसक्ने एयरपोर्ट बनाएको थियो । २०२० सालसम्म उक्त एयरपोर्टबाटै साताको एकपटक विमान वस्थ्यो र उड्थ्यो । दुर्घटनाको खतरा भएपछि २०२१ सालमा जिरीको लिंकनमा अर्को एयरपोर्ट बनाएको मेयर टंक जिरेल सम्झन्छन् ।
लिंकनमा एयरर्पोट सारिएपछि विमान अवतरण हुने दिनहरु कुरेर रमाइलो हेर्न स्थानीयको भीड लाग्थ्यो नै, स्वीसका पनि अचम्मका शौख देख्न पाइन्थ्यो । मेयर जिरेलको भनाईमा कपाल र दारी काट्नकै लागि पनि स्वीसहरु जहाजमा आउजाउ गर्थे । कहिलेकहिले पाइलट र अर्को एकजना मात्रै पनि आउथे । त्यसबेला स्वीट्जरल्याण्ड सरकरकै स्वामित्वको आफ्नै जाहाज थियो र पाइलट पनि उसैका थिए ।
स्वीसले आफ्नो सुविधालाई एयरपोर्ट बनाएको भए पनि माउण्टेन फलाइट र आउजाउका लागि सर्वसाधरणलाई सहजता ल्याएको जिरीका स्थानीय केशरबहादुर जिरेल सम्झन्छन् । ‘४५ रुपैयाँ भाडामा काठमाडौं जान मैले पनि प्लेनमा यात्रा गरे, उनले भने, ‘नासुको पाँच सय ३५ तलब पाउँदा डेढ सय प्लेन भाडा तिरेर हिड्थे ।’ सगरमाथा जाने पर्यटक, जागिरवालाहरु र पैसा हुने मानिसहरुलाई उक्त एयरपोर्टले राजधानीलाई एकदमै नजिक्याएको थियो ।
स्थानीयहरुले बुझेसम्म यात्रु अभावकै कारण नागरिक उड्ययन प्राधिकरणले जिरीमा उडान सेवा बन्द ग¥यो ।  ६५ रुपैयाँ भाडामा मोटरबाट जिरी—काठमाडौं यात्रा गर्न सकिने भएपछि हवाइ उडानमा एक सय ७५ रुपैयाँखर्च गर्ने यात्रु भएनन् । ‘जव, उडान बन्द भयो, तबमात्रै जिरी एयरपोर्टको महत्व बढ्दै गयो,’ मेयर जिरेलले

२०५३ सालमा गाविस अध्यक्ष हुँदादेखि दुई दशकपछि भएको चुनावमा मेयरका लागि भोट माग्दा जिरी एयरपोर्टकै मुद्दा अघि सारे ।

bf]nvfsf] lh/Ll:yt Po/kf]6{ elgPsf] :yn . tl:a/M /fh]Gb| dfgGw/÷sflGtk'/

bf]nvfsf] lh/Ll:yt Po/kf]6{ elgPsf] :yn . tl:a/M /fh]Gb| dfgGw/÷sflGtk’/

यतिखेर हरेक जान्नेबुझ्ने जिरीवासीको पहिलो प्राथमिकतामा परेको एयरपोर्टविरुद्धमा कदम उठाउनेहरु जिरीभित्र वहिस्कृत नै हुन्छन । त्यसैले निजी भ्रमणमा पुगेका बेला जोकोही राष्ट्रियस्तरका नेताहरुले एयरपोर्ट सञ्चालन गर्नेबारे आफु जोडतोडले लाग्ने बताएर फर्कन्छन् ।

त्यस्तै, एयरपोर्टको विरुद्धमा लागेको भनेर केही पात्रलाई जिरीको अगुवाहरुले नमिठो भाषामा अझै गाली गरिरहन्छन् । २०५२ र ५३ साल दुई बर्ष लगाएर गरिएको नापीको क्रममा जग्गा गुमेको विषय जिरी एयरपोर्टको इतिहासमा नमिठा दिनका रुपमा लिइन्छ । मेयर टंक जिरेलले नापी कार्यालय र पशु विकास फर्मका अधिकृतहरुको जालसाजीले एयरपोर्टको अस्तित्व गुमेको दावी गर्छन् ।

त्योअघिसम्म हवाई विभागको स्वामित्वमा उक्त जमिन थियो । उक्त जमिनमा ६० मिटर चौडा र छ सय मिटर लम्बाईको रन वे बनाउन स्थानीयले श्रम गरेका थिए । दलदले जमिनमा तीन दर्जन हिमपाइपका ड्रेनबाट निकास दिएपछि आकर्षक मैदान बनेको थियो । एयरपोर्ट निर्माण अभियानमा श्रमदान गरेर हातमा ठेला उठाएका बुढापाकाहरु प्लेन उड्ने र बस्ने रमइलो ठाउँ चरिचरण क्षेत्रमा परिणत भएकामा दुःख प्रकट गर्छन् । प्लेन उड्न थाले पर्यटकीय जिरी गुल्जार हुनेमा उनीहरु आश्वस्त छन् ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली