दोलखाको गौरीशंकर परिक्षा केन्द्रवाट कक्षा १२ को परिक्षामा सहभागी नक्कली परिक्षार्थी पक्राउ

exam

बैशाख २३–दोलखमा कक्षा १२ को परिक्षा दिईरुहेका एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा  भीमेश्वर वडा नं २ बस्ने १७ बर्षिय रोशन योगी रहेकाछन् । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस केन्द्रमा परिक्षा दिइरहेका वेला उनी पक्राउ परेका हुन ।

भीनपा –२ का किशन कँुबर योगीको सिम्वोल नं २२२००५११ बाट परिक्षा दिईरहेका उनलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । हाल बैदेशिक रोजगारीमा रहेका किशनको प्रवेशपत्रबाट उनले परिक्षा दिईरहेका थिए ।

उनी कक्षा १२ को आईतबारको शैक्षिक मुल्याङकन विषयको परिक्षा दिईरहेका थिए । दुवईमा बैदेशिक रोजगारीमा रहेका किशनका भतिज रोशनले परिक्षा दिईरहेका प्रहरीमा वयान दिएकाछन् । बैशाख १४ गतेबाट संचालित परिक्षामा उनले अन्य विषयको परिक्षा नक्कली परिक्षार्थीका रुपमा भने दिईसकेका थिए ।उनलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । रोशन भने कालिञ्चोक माध्यमिक विद्यालयमा अध्ययनरत रहेको खुलाएपनि कक्षा भने खुलाईएको छैन् ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली