दोलखामा चोरीको मोटसाईकलसहित पक्राउ

motorcycle-insurance-01

बैशाख २४–चारीको मोटसाईकल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका –४ मागौपौवाका २५ बर्षिय प्रकाश खड्का रहेका छन् ।

उनलाई बा ५४ प ६२७ नंबरको मोटरसाईकल चोरी गरि लैजानेक्रममा पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गौरीशंकर गाउँपालिका–८ घर भई चरिकोट भालुखोला बस्ने राजकुमार तमाङको मोटरसाईकल चोरी गरि लैजानेक्रमा उनलाई पक्राउ गरेको हो ।

तमाङको मोटरसाईकल रातको करिब १ बजे चोरीगरी लैजानेक्रममा गस्तीमा खटिएको प्रहरीले मोटरसाईकलसहित खड्कालाई नियन्त्रणमा लिएको । उनलाई अदालतबाट ७ दिनको म्यान थप गरी अनुसन्धान भैरहेको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली