दोलखाली चेलीले गरिन यो वर्षकै पहिलो सफल सगरमाथा आरोहण

dabuti

जेठ २–यो वर्षको पहिलो महिला सगरमाथा आरोहण दोलखाकी दावुटी शेर्पाले गरेकीछिन् । दोलखाकी गौरीशंकर गाउपालिका– ९ सिमीगाउँकी २३ वर्षिय दावुटीले सफलतापूर्वक सगरमाथाको आरोहणा गरेकी हुन् । नेपाली कफीलाई विश्व सामु पुर्याउने उद्देश्यले दावुटीले सगरमाथाको आरोहण गरिन ।

दावुटीले मकालुको पार्साङ ग्यालजुङ शेर्पाको नेतृत्वमा सफलतापूर्व आरोहण गरेकी हुन। । उनले यो पटकसम्म गरि तीन पटक सगरमाथा आरोहण गरिसकेकी छिन् । पार्साङ ग्यालजुङ शेर्पा पनि २३ वर्षकै हुन् । दावुटी हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकासमा हाम्रो पौरख भन्ने मूल नाराका साथ सगरमाथाको आरोहणमा सफल भइन ।

दोलखाको  सिमीगाँउमा २०५१ सालमा जन्मिएकी दावुटीले सानै देखिको सगरमाथा चढ्ने सपना पूरा भएको बताएकी छिन । दावुटीले २०६६ सालमा आफ्नै जिल्लाको स्थानीय विद्यालयबाट एसएलसी पास गरे पश्चात पढाईलाई अघि बढाउन राजधानी पुगकी उनले पढाईसँगै कफी बनाउने तलिम लिएकीछिन्। मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी दाबुटीले तालिम पश्चात यसै क्याफेमा काम गर्ने अवसर पाइन ।

केही बर्षको अनुभव पश्चात मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाएकी थिइन। उनले मितिनी सँगै अन्य विभिन्न क्याफेबाट पनि प्रशिक्षकको काम गरिन भने हा बौद्दमा आफ्नै लगानीमा मितिनी क्याफे बौद्ध सञ्चालन छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली