सरकारको बजेट ५लाख रोजगारीदेखि जग्गा खरिद विक्रीमा इजाजतपत्रसम्म

yubraj 11

जेष्ठ १५– सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट)प्रस्तुत गरे।

सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ । प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ
अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५र७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् ।
चालू आवमा भने सरकारले ७।२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आवमा ५।९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ ।
गत आव २०७३र७४ मा सरकारले ७ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकामा यस्तो अंक ६।५ मा सीमित भएको थियो । जुन विगत अढाई दशक यताकै उच्च आर्थिक वृद्धिदर थियो । गत आवदेखि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिँदै आएको छ । पछिल्लो एक दशकको आर्थिक वृद्धिदर औसत ४।३ प्रतिशत छ ।

गत ७ जेठमा सरकारले जारी गरेको आव २०७५र७६ को बजेटका नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा दोहोरो अंकनजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको थियो । नेपालीको हालको प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षमा दोबर बनाउने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने र निर्धारित समयअगावै दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य उक्त नीति तथा कार्यक्रममा उल्लेख थियो ।

 मंहगियो सवारी साधन र चुरोट मदिरा

सरकाकारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।
सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा। युवराज खतिवडाले पटक(पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

कर्मचारीको तलव बढेन, भत्ता  बढ्यो

सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ मा कर्मचारीको तलव यथावत् राखेको छ ।  तर,  भत्ता भने १ हजार रुपैयाँले बढाएको छ । यसअघि महंगी भत्ता एक हजार थियो । यो बजेटमा थप एक हजार रुपैयाँ थपेर महंगी भत्ता मासिक २ हजार रुपैयाा पुर्याइएको छ ।

तलव सुविधा पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन गर्न तलव आयोग गठन गर्ने सरकारले जनाएको छ ।

वृद्ध भत्ता बढेन,एक लाखसम्मको बीमा

सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ ।

७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ ।  अब ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै यो भत्ता पाउँछन् ।

६ वटा सुरुङमार्ग बनाउने सरकारको घोषणा

बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा-नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा-छहेर-गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।

बिपी रामजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा। युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर-खुटिया-दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।
गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

जग्गा खरिद बिक्री गर्न सरकारको इजाजत लिनुपर्ने
सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आज बजेट प्रस्तुत गर्दै इजाजत लिएर मात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको घोषणा गरे । सरकारले दुई वर्षभित्र जग्गा धनीपूर्जा विद्युतीय बनाउने र भूउपयोग सम्बन्धी कानून संसदको चालू अधिवेशनमा पेस गर्ने भएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली