प्रथम प्रकाश स्मृतिको तयारीमा जुट्यो फुटबल संघ, जिल्लाको फुटबल टिम छनोटको लागि आवेदन खुला

44782572_1948860181868505_1631905392852205568_n

कार्तिक ८ – पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल)को आयोजना र दोलखा जिल्ला फुटवल संघको सह–आयोजनामा मँसिर १ गतेदेखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा सर्वाधिक राशिको प्रथम प्रकाश स्मृति कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने घोषणा सँगै दोलखा जिल्ला फुटबल संघले तयारी तीव्र गरेको छ । जिल्ला सदरमुकाममा रहेको टुडिखेल खेल मैदानको स्तरोन्नती को काम भैरहेको छ । कार्तिक ८ गते बिहान बसेको बैठकले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भएको छ ।

त्यस्तै, प्रतियोगितामा सहभागी हुनको लागि जिल्ला टिम छनोटको लागि पनि संघले आवेदन खुल्ला गरेको छ । संघ सँग आबद्ध रहेका फुटबल क्लबको सिफारिशमा खेलाडीहरु छनोटमा सहभागी हुन सक्नेछन् । छनोट भइसकेपछि खेलाडीहरुलाई क्लोज क्याम्पमा राखी प्रतियोगिताको लागि तयार गरिने कोच सिताराम घिमिरेले जानकारी दिन्भयो । छनोटको लागि खेलाडीले कार्तिक १४ बेलुका ५ बजे सम्म फाराम भरी बुझाइ सक्नुपर्नेछ । छनोट प्रकृया पारदर्शी र नियमानुसार हुने विषयमा फुटबल संघ केन्द्रित रहेको संघका महासचिव कौरव पाण्डेले बताउनुभयो । प्रतियोगिताको सफलताको लागि सम्पुर्ण बाट सहयोगको अपेक्षा समेत अध्यक्षले राख्नुभएको छ ।

राष्ट्रिय स्तरको प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दोलखा जिल्ला फुटवल संघको रहेको छ । १२ टिमको सहभागीता रहने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । नेकपा अध्यक्ष प्रचण्डका छोरा प्रकाशको २०७४ साल मंसिर ३ गते ३६ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । तत्कालिन एकिकृत नेकपा माओवादीका नेता समेत रहेका प्रकाशको स्मृतिमा पहिलो पटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली