दोलखा जिल्ला फुटबल टिमको खेलाडी छनोट कार्यक्रम सम्पन्न (छनोट खेलाडी नामवली सहित)

Dolakha Football Association

१५ कार्तिक, २०७५- रिनेजम नेपालको आयोजना र दोलखा जिल्ला फुटबल संघको सह आयोजनामा मंसिर १ गते देखि सन्चालन हुन गइरहेको प्रथम प्रकाश स्मृती कप खुल्ला फुटबल प्रतियोगिताको लागि दोलखा जिल्ला फुटबल टिमको छनोट कार्यक्रम सम्पन्न भएको छ।

दोलखा जिल्ला फुटबल संघले आह्वान गरेको छनोट कार्यक्रमको लागि संघमा आवद्ध जिल्लाका क्लबहरुबाट २७ खेलाडी सहभागी भएका थिए । संघले छनोट कार्यक्रम चरिकोट स्थित टुडिखेल खेल मैदानमा १५ कार्तिकमा सन्चालन गरेको थियो।

छनोट प्रकृया दुई चरणमा सम्पन्न गरिएको जानकारी छनोट समितिका संयोजक बलराम जिरेलले बताउनुभयो । पहिलो चरणमा फिजिकल टेस्ट र दोश्रो चरणमा म्याच एनालाइसिस गरि उत्कृष्ट १८ खेलाडी छनोट गरिएको हो । छनोट खेलाडीहरुलाइ कार्तिक २५ देखि क्लोज क्याम्पमा सिताराम घिमिरेको प्रशिक्षणमा राखिने छ । अन्तिम चरणमा १६ खेलाडी छनोट गरि प्रतियोगितामा सहभागी गराइनेछ।

क्लोज क्याम्पको लागि छनोट खेलाडीको नामावली यस प्रकारको रहेको छ:-

गोलकिपर: कृष्ण चौधरी, मनोज श्रेष्ठ

डिफेन्डर: थिर बहादुर खड्का(अरुण) (भाइस क्यापटेन), अजय लाल कायस्थ, यकुजन घिमिरे, देव कुमार थामी, बिबेक बुढाथोकी, सुमन नेपाली, सम्राट मानन्धर

फरवार्ड: सन्त तमाङ(क्यापटेन), विनोद तमाङ, सुजन श्रेष्ठ, सुरेन्द्र बुढाथोकी, रसिन भुजेल, प्रतीक तमाङ, हिमाल श्रेष्ठ, शम्भुजन श्रेष्ठ, अरमान थामी

टिम म्यानेजर: बिपिन श्रेष्ठ, टिम प्रशिक्षक: सिताराम घिमिरे

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली