चितवन र नैकाप विजयी

45695052_1803814733063692_4235129227516575744_n

२ मंसिर, २०७५ – प्रथम प्रकाश स्मृति कपको २ मंसिरमा भएको खेलमा चितवन र नैकाप विजयी भएका छन् ।

चितवन जिल्ला फुटबल संघको टिमले सिन्धुपाल्चोक फुटबल संघलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चितवनको जितमा अनिल राना मगरले २ गोल गरेका थिए । उनले खेलको २७ र ८६औ मिनेटमा गोल गरेका थिए । सिन्धुपाल्चोकका युवराज ढकालले ५५ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

त्यस्तै आज भएको दोश्रो खेलमा दिपशिखा युवा समूह नैकाापले भक्तपुर जिल्ला फुटबल संघलाई ३ का विरुद्ध शुन्य गोलले पराजित गरेको छ । दिपशिखाको लागि साहिल अधिकारीले २९औ मिनेट, कायुआगीले ७० र कोनेले ८८औ मिनेटमा गोल गरेका थिए ।

भोलिको पहिलो खेल काभ्रे जिल्ला फुटबल संघ र दिपशिखा युवा क्लब रामेछापको हुनेछ । त्यस्तै दोश्रो खेलमा क्वार्टरफाइलको खेल सुरु हुनेछ । दोलखा जिल्ला फुटबल संघ र सानो गौचरण क्लब काठमाडौ बीच दोश्रो खेल हुनेछ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली