बृहत फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम सम्पन्न, निकेशको फोटोले जित्यो प्रथम उपाधि

IMG_2180

चरिकोट– दोलखा मिडियाले आयोजना गरेको बृहत फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम मंसिर ८ गने सम्पन्न भएको छ । चरिकोट स्थित त्रिपुरा ग्लोरियस एकेडेमीमा भएको प्रदर्शनीमा करिब ६ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । दोलखा जिल्लाको ४० वर्ष अघि देखिको तस्वीर कैद गरेका स्वीस नागरिक फ्रिज बर्गरको फोटोहरु प्रदर्शनीको मुख्य आकर्षण रहेको थियो । स्वीस नागरिक फ्रिज बर्गर स्वयम्को कार्यक्रममा उपस्थित थियो । कुनै ठाउँको तस्वीरलाई एकै स्थानबाट कैद गर्दै फोटो मनिटरिङ गर्ने विशेषता उनीमा रहेको छ । त्यहि प्रतिफल स्वरुप दोलखा जिल्लाको ऐतिहासिक तस्वीर उनले कैद गरेका छनु । सन् १९७३ मा दोलखा जिल्लामा कृषि विज्ञका रुपमा प्रवेश गरेका फ्रिज बर्गरले कैद गरेका तस्वीरहरु हेर्न दर्शकहरु उत्साहित थिए । ग्रिस फोटोग्राफर तथा फिल्ममेकर पेनेलोपीको फोटो पनि प्रदर्शनीमा राखिएको थियो ।

IMG_1855

त्यस्तै खुल्ला फोटोग्राफी अवार्ड निकेश श्रेष्ठको भागमा पर्यो । खुल्ला फोटोग्राफी प्रतियोगिता मार्फत फोटोग्राफरहरुको मनोबल उच्च पार्ने र दोलखा प्रवद्र्धन हुने किसिमको तस्वीरलाई समावेश गरिएको आयोजक दोलखा मिडियाको अध्यक्ष राजेन्द« मानन्धरले बताएका छन् । सोहि विधामा सुमन कार्की फस्र्ट रनर अप, मन्जिभ लाल कायस्थ सेकेन्ड रनर अप, प्रकाश घिशिङ र हिमाल थामी संयुक्तलाई स्पेशल च्वाइस अवार्ड प्रदान गरिएको थियो ।
विद्यार्थी स्तरिय फोटो प्रतियोगितामा ६ विजयी विद्यार्थीहरुलाई पनि सोहि कार्यक्रममा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा त्रिपुरा ग्लोरियस एकेडेमीका रहेका छन् । अर्को विधा मल्टिमिडिया फोटो लाइक कन्टेस्टका विजेताहरु क्रमशः भिमसेन श्रेष्ठ (विनर), नवराज पाण्डे (फस्र्ट रनर अप), मन्जिभ लाल कायस्थ र दिपेश दाहाल (सेकेन्ड रनर अप संयुक्त) लाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । यस्ता कार्यक्रमले फोटोग्राफरको महत्व र आवश्यकता झन बढेर जाने कुरा कार्यक्रमका संयोजक सौगात थापाले जानकारी दिए ।

IMG_1949

३ दिन सम्म चलेको कार्यक्रममा डकुमेन्ट्री प्रदर्शन समेत गरिएको थियो । टोनी हेगनको उहिलेको नेपाल , नेपा–लयको भेडाको उन जस्तो, ईन्टरफेस नेपाल र आर्टुडियाका भिडियोहरु प्रदर्शनी गरेको थियो । कार्यक्रममा बोल्दै दोलखा मिडियाका केदार शिवाकोटीले भिजिट नेपाल २०२० लाई लक्षित गरी दोलखा जिल्लाको पर्यटन प्रवद्र्धन गर्न फोटो र भिडियो माध्यम बनाई कार्यक्रम सञ्चालन गरेका बताए ।

दोलखा विकास मञ्चका अध्यक्ष ई. महेन्द्र ब. कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, गौरीशंकर संरक्षण क्षेत्रका सत्यनारायण शाह, दोलखा उद्योग वाणिज्य संघका सुन्दर कार्कि, फ्रिज बर्गर, पेनेलोपी फाटोरुले मन्तव्य राखेका थिए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली