दोलखाको उदायीमान फोटोग्राफर–निकेश श्रेष्ठ

LWD_3

चरिकोट-दशैको बेला सबै जना चाडबाड मनाउन घर नआउने कुरै भएन । चरिकोट स्थायी घर भएका निकेश श्रेष्ठ चाड अगावै घर फर्किए । दशैको बेलामा साथीभाइहरु सँगको रमझममा निकेशले क्यामेरा छोडेनन् । त्यहि चाहनाले आज निकेशलाई दोलखाको फोटोग्राफर भनेर थप चिनारी प्रदान गरेको छ । दशैको रात्रीकालिन समयमा चरिकोटको सुन्दर तस्वीर कैद गरे । त्यहि तस्वीरले निकेशलाई विजेता बनायो । दोलखा मिडियाले आयोजना गरेको ओपन फोटोग्राफी प्रतियोगितामा निकेश विजेता भएका छन् ।

0-02-03-827a158356d645c936131de27ed21d6b6515aab35f5c9eb54503d90cdcdd9dd3_9285dfea

२१ वर्षे उमेरका निकेश भिमेश्वर नगरपालिका ३ का स्थानिय हुन् । नवीन कुमार श्रेष्ठ र शान्ती श्रेष्ठका कान्छो पुत्र निकेश व्यवसायिक फोटोग्राफीमा आबद्ध छन् । फोटोग्राफी भनेपछि हुरुक्कै हुने निकेश यहि विषयलाई व्यवसाय बनाउन चाहन्छन् । चरिकोटको कार्यक्रममा क्यामेरा बोकेर निकेशलाई प्रायजसो भेटिन्छ । दोलखाको सुन्दर फोटोहरु खिचेर दोलखाको सुन्दरतालाई थप उचाइमा पुर्याउन उनको महत्वपूर्ण योगदान रहेको छ ।

निकेश भन्छन्– नेपालले चिन्ने फोटोग्राफर बन्न हर दिन मेहनत गर्दैछु । यो अवसरको लागि दोलखा मिडियाका साथै अहिले सम्म सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्न चाहन्छु । उनले भने ।

दोलखा मिडियाले आयोजना गरेको लिभिङ विथ दोलखा, चेन्जेस एण्ड टुरिजम कार्यक्रममा फोटो प्रतियोगिता पनि समावेश गरिएको थियो । उक्त विधा अन्तर्गत निकेश श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली